हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्ना सेयरधनीहरुलाई ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसका साथै, कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले भदौ २५ गते दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।