एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रिमा आउने भएको छ । कम्पनीले संस्थापक सेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९.७० कित्ता सेयर तथा नेप्सेमा सूचीकृत हुन बाँकी रहेको आर्थिक वर्ष २०७६.७७ को ५२.७० कित्ता बोनस सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू ५९३.५५ तोकिएको छ । कम्पनीले इच्छुक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन दिन भनेकोे छ ।

उक्त समयअवधिभित्र संस्थापक सेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ ।