नेपालले कोभिड जिते पनि पर्यटन क्षेत्र जित्न सकेको छैन: पर्यटन सचिव कोइराला


काठमाडौं । “समावेशी विकासको लागि पर्यटन” भन्ने नाराका साथ ४२ औं विश्व पर्यटन दिवस मनाइएको छ । सोमबार देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।

पर्यटन दिवसका अवसरमा काठमाडौंमा गोकर्णेश्वरको निजामति स्मारक पार्कमा वृक्षारोपण र साइकल यात्रा गरेर भृकुटी मण्डपको पर्यटन बोर्डको कार्यलयमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले अहिले विश्वमा नै पर्यटन व्यवसाय थला परेको बताए । उनले २ वर्षमा नेपालले कोभिड जिते पनि पर्यटन क्षेत्र जित्न नसकेको बताए ।

“नेपालमा केहि महिनादेखि कोभिड खुकुलो भएको छ घना बस्ती काठमाडौं, पोखरा, विराटनगर लगायतका क्षेत्रमा मात्र भएको र कोभिड महामारी कम भएको हो” उनले भने, “गाउँतिर घर टाढा टाढा धेरै कोरोना लाग्ने अवस्था भएन । नेपालमा पर्यटन त्यही हेर्न आउने हुन् शहरका घर हेर्न आउने होइनन् प्राकृतिक सौन्र्दय हेर्न आउने हुन् ।”

नेपालमा पर्यटनको लागि प्याकेज घोषणा गर्न नसकेका कारण पर्यटन कम भएको उनको भनाइ छ । नेपालमा पर्यटकका लागि सुरक्षित, पारदर्शी, प्रकृतिले भरिपुर्ण गन्तव्य पहिचान गरेर त्यस स्थानमा लगानी गरे प्रतिफल बताए ।

उनले पर्यटक शहर केन्द्रित नभई गाउँ केन्द्रित बनाउन योजना बनाएर काम गर्न आग्रह गरेका छन् । सरकारी, नीजि र अन्र्तराष्ट्रिय जगतबाट कति ल्याउने योजना बनाएर विश्लेषण गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

नेपालमा सरकारले २१६ ओटा स्थान सरकारले पर्यटकको लागि क्षेत्र पहिचान गरेको छ । सचिव कोइरालाले नेपालका व्यवसायीले नाफा धेरै खोजेका कारण पर्यटन उद्योगमा लाभ नमिलेको बताए ।

“व्यावसायीले छोटो समयमा प्रतिफल खोज्ने र एउटा क्षेत्रबाट कमाइ नभएपछि आप्mनो पहिले गरिराखेको व्यवसाय छोडेर अर्कोमा लाग्दा पर्यटन उद्योग नफस्टाएको धैर्यता नछोड्नुस् धैर्यता बिनाको लगानी बेकार छ”, उनले भने ।

कसरी पर्यटन ल्याउन सकिन्छ व्यवसायीले योजना बनाएर ल्याए छलफल गर्न सरकार तयार भएको उनले बताए ।

कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मात्रात्मक नभई गुणात्मक पर्यटनमा जोड दिनु पर्ने बताए ।

उनले आगामी दिनमो देशलाई पर्यटनको रुपमा अन्र्तराष्ट्रियस्तरमा चिनाउन पहल गर्ने बताएका छन् । पर्यटन बोर्डसँग धेरै रकम नभएका कारण योजना बनाउन नसेको उनले बताए ।

रिजालले कुन क्षेत्रमा छौं के भुमिका हेरेर अगाडि बढ्यो भने पर्यटनमा फड्कोे मार्ने बताए ।