राष्ट्र बैंकका गर्भनरको राजिनामा माग गर्दै लगानीकर्ता


काठमाडौं । सेयर धितो कर्जाको सीमा विरोध गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकसँगका गर्भनरको राजिनामा माग गरेका छन् ।

लगानीकर्ताहरुले आइतबार १६ बुँदे माग राख्दै विभिन्न समयमा राष्टबैंकले गरेका नीति, कार्यक्रम तथा कार्यनीतिहरुले समग्र पुँजी बजार धरासायी नबनेको भन्दै गर्भनरको माग गरेका छन् ।

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ऋृण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ ।

सोही कारण राष्ट्र बैंकको यो नीतिको लगानीकर्ताहरूले विभिन्न माध्यमबाट विरोध गरिरहेका छन् । यसै क्रममा नेपालको सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालको नेतृत्वमा लगानीकर्ताहरूले राष्ट्र बैंक घेराउ कार्यक्रम गर्ने घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।