नेप्से झिनो अंकले बढ्दा कारोबार पनि घट्यो


काठमाडौं । हिजो साताको पहिलो कारोबारको दिन ७१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज भने झिनो अंकले बढेको छ । आज बजार खुल्ने वित्तिकै प्रि ओपन सेसनमा १५ अंकले बढेको नेप्से परिसूचक ०.२७ अंकको वृद्धिसँगै बन्द भएको छ ।

आज नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.७० अंकमा पुगेको छ भने ०.५५ अंकले बढेर ५४८.८७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
आज कारोबारका आधारमा अरूण भ्याली हाइड्रोपावर कम्पनी सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ६१ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना लघुवित्त र सानिमा लाइफको सेयरमूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज प्राया जसो हाइड्रो पावर कम्पनीहरुको सेयर मूल्य धेरै घटेको छ । जसमध्ये कालिका पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २२६ वटा कम्पनीको एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।