सरकारले तोक्यो धानको समर्थन मूल्य, मोटा धानको २७५२, मध्यम धानको २९०२ रूपैयाँ


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०७८/७९ का लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ । यो वर्ष मोटा धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ५२ र मध्यम धानको प्रतिक्वीन्टल २ हजार ९ सय २ रुपैया तोकिएको हो ।

गत भदौ २९ गतेको निर्णय अनुसार चालू आर्थिक वर्षका धानको समर्थन मूल्य तोकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताए ।

तोकिएको नयाँ मूल्य दुुबै प्रकारका धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्वीन्टल १७ रुपैया बढी हो ।

समर्थन मूल्यकाे निर्णय ताेकेकाे मूल्यभन्दा बढीमा धान विक्री नभएमा सरकारले ताेकिएकाे मूल्यमा धान खरिद गर्ने निर्यण हाे ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो । सहकारीमार्फत् धान खरिद गर्नेसमेतकाे निर्णय गरेकाे थियाे ।