अब कम्प्युटरमा पनि युट्युबबाट भिडियो डाउनलोड गर्न सकिने


काठमाडौं । युट्युबले कम्प्यूटरमा भिडियो डाउनलोड सुविधा ल्याएको छ । हाललाई यो सुविधा परिक्षणकै क्रममा रहेको छ । एन्ड्रोइड पुलिसले उल्लेख गरे अनुसार हाल प्रीमियम ग्राहकहरुको लागी एक प्रयोगात्मक सुविधाको रूपमा उपलब्ध छ ।

युट्युबले मोबाइलमा भने पहिले देखिनै भिडियो डाउनलोडको सेवा दिइराखेको छ । भिडियो अफलाइन डाउनलोड गरेपछि युट्युवमै सेभ भएर बस्छन् । एकचोटि यसलाई फ्लिप गर्यो भने एक डाउनलोड बटन देख्न सकिन्छ जुन भिडियोको तल मेनू संगै ब्राउज गर्दा तीन डटमा हुनेछ ।

कुनै एक भिडियो डाउनलोडपछि, यसलाई तपाइँको अफलाइन मेनूसंगै लाइब्रेरीमा राखिन्छ । भिडियो रिजोलुसनमा १०८० सम्मको डाउनलोड गर्न सकिन्छ भने फोरकेको डाउनलोड विकल्प छैन् ।