साताको पहिलो दिन नेप्सेमा ६१ अंकको गिरावट


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार भारी अंकले घटेको छ ।

केही दिन बढेको नेप्से परिसूचक आज भने ६१ अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ अंकमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कुल कारोबार हुने १३ उपसमूहमध्ये, म्यूचूअल फण्डबाहेक बाँकी सबै उपसमूह घटेका छन् ।

आज कारोबार रकमको आधधारमा अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ९५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज दिन आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् ।