विश्वका मुलुकहरूमा चीनकाे ३ खर्ब ८५ अर्ब डलर ‘अदृश्य ऋणभार’ रहेकाे खुलासा


काठमाडौं । चीनले दिएको कम्तीमा ३ खर्ब ८५ अर्ब अमेरिकी डलर बराबरको ऋणभार विभिन्न देशको वासलातमा नदेखिने अवस्थामा रहेको दाबी गरिएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय ऋणदाताहरूको अध्ययनबाट यस्तो खुलासा भएको छ ।

रेडियो फ्रि एसियाले जनाए अनुसार चीनले दिएको भारी ऋण परिमाणलाई वासलातबाट लुकाइएको छ ।

सरकारहरूबीच केन्द्रीय बैंकहरू मार्फत् हुने ऋण कारोबारलाई अपारदर्शी वित्तीय प्रबन्धका कारण ती ऋण लुकाउने गरिएको दाबी गरिएकाे छ । रेडियो फ्रि एसियाले सार्वजनिक वासलात खातामा ऋण भार हटाइएको कुरो एडडेटाको चार वर्षे अध्ययनका आधारमा उल्लेख गरेको जनाएको छ ।

चीनको ऋणभार अनुसन्धान प्रतिष्ठान, क्रेडिट रेडिट एजेनसी वा अन्तर्राष्ट्रिय संगठनहरूले अनुमान गरे अनुसार धेरै ठूलो रहेको अध्ययनमा भनिएको छ ।

चीनले दिने ऋणको ७० प्रतिशत ऋण राज्यको स्वामित्वका कम्पनीहरूमा, राज्य स्वामित्वका बैंकहरू, विशेष वाहान उद्देश्य, संयुक्त लगानी कम्पनीहरू र निजी क्षेत्रका प्रतिष्ठानहरूमा जाने गरेको छ ।

ठिक यही बेला चीनले ऋणको खुलासा गर्ने विषयलाई सम्झौताको दफा राखेर निषेधित गर्ने गरेकोले ऋणभार सार्वजनिक हुन नसकेको देखिएको छ ।

इन्टरनेसनल फोरम फर राइट एन्ड सेक्युरिटीले जनाए अनुसार पिटर्सन इनिस्टच्युट फर इन्टरनेसनल इकोनोमिक्स , किएल इनिस्टच्युट फर द वल्र्ड इकोनोमी र सेन्टर फर ग्लोबल डिभलपमेन्ट एन्ड एडडेटाले यो अध्ययन अनुसार गरेको जनाएको छ ।

चीनले ऋण दिने देशलाई ऋण जालमा फसाउने गरेको यो अध्ययनले दाबी गरेको छ ।