नेप्से ४१ अंकले बढ्दा कारोबार रकम भने ३ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से उकालो यात्रा तय गरेको छ । मंगलबार सेयरमापक सुचक नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहको सूचक बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड ६६ लाख रूपैयाँको कारोबार भएको हो ।

नेप्सेमा आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् भने एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

त्यस्तै आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर र समता लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कूल २२३ वटा कम्पनीको ५८ करोड ४२ लाख एक सय ३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।