नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न सरकारबाट स्वीकृति


काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले लाभांश वितरण गर्न सरकारबाट स्वीकृति पाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ का लागि १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को निर्णयले पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो। यसअघि पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिले गत असोज ४ गते स्वीकृत गरेको थियो।

सरकार र बीमा समितिबाट स्वीकृति पाएसँगै अब पुनर्बीमा कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

गत भदौ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को परिमार्जित वित्तीय विवरणअनुसार कम्पनीमा रहेको सेयर प्रिमियमबाहेकको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १० अर्ब रुपैयाँको कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।