ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रम समापन


काठमाडौं । ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप(सिएसआर) कार्यक्रम समापन गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा स्नातक गरिराखेको विद्यार्थीहरुले भाग लिएका थिए ।

ह्वावेले सिड्स फर द प्mयुचरकोे आवदेन अक्टोबर ६ देखि नोभेम्बर ७ सम्म खुलाएको थियो । नेपालभरबाट १३६ आवेदनहरू परेको थियो । कार्यक्रममा ९ विभिन्न सुचना, सञ्चार तथा प्रविधि पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।

आवेदन परेकामध्ये प्रतिस्पर्धाबाट १९ जना छनोट भएका थिए । छानिएका १९ नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विधार्थीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिएका थिए ।

उनीहरुले टेकफोगुड प्रोेजेक्टमा सहभागी भएर घान्दु्रकमा ह्वावेले निर्माण गरेको फोरजी बेस स्टेशनको भ्रमण गर्दै एनसेलका उद्योग विशेषज्ञहरुका कक्षामा भाग लिए ।
छानिएका १९ विद्याथीहरुले टेकफोगुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् ।

उनीहरूले सामाजिक वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन सक्ने ह्वावेले जनाएको छ । त्यसमा विद्यार्थीहरुले २० हजार डलर सम्मको पुरस्कार जित्न सक्नेछन् ।

सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।

नेपालमा सुचना तथा प्रविधि क्षेत्रका प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो ।