सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यु ज्याक टी८’ नेपालमा सार्वजनिक गर्दै


काठमाडौं । गोल्छा अर्गनाइजेशनको साँग्रिला मोटर्स प्रा. लि. ले नेपाली बजारमा अल न्यू ज्याक टि८ २.०लिटर पिकअप ट्रकको बुकिङ खुल्ला गरेको छ ।

जर्मनीको फेभसँग मिलेर बनाइएको २.० लिटर टर्बो डिजेल इन्जिनले १३७ हर्षपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

टि८ लाइनअपमा ४×४ को डबल–क्याब रहेको छ जुन टि६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ । टि८ ४×४ मा बोर्गवार्नरका इसोफ इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेको छ ।

यस ट्रकको सुरुवाती मूल्य ५६.९९ लाख रहेको छ ।

चालक तथा यात्रीहरुको सुरक्षा मध्यनजर गर्दै यस ट्रकमा डुअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेहिकल डाइनामिक्स कन्ट्रोल, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र हिल–स्टार्ट होल्ड कन्ट्रोल, फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन, ब्रेक ओभरराइड सिस्टम, हाइड्रोलिक ब्रेक असिस्ट र टायर प्रेसर मनिटरिङ सिस्टम रहेका छन् ।

ज्यक टि८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै देशहरुमा पहिलो रोजाइमा रहेको जनाएको छ ।