ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न


काठमाडौं । ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न गरेको छ । रोड टेस्टसँगै नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको कम्पनीले जनाएको छ ।

यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई एकिकृत गरेको छ । ग्रेट वाल मोटर थाईल्याण्डले प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६ हजार भन्दा बढी अर्डरहरु प्राप्त गरेको थियो ।

ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई ईलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता भि.जी. इम्पेक्स हो ।