एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफना ग्राहकहरुलाई क्यास ब्याकको अफर ल्याएको छ । एनसेलले डेलि जीबी प्याक अन्तर्गत तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर ल्याएको हो । यो योजना सोमबार देखि लागु भएको एनसेलले जनाएको छ ।

यस योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा क्यास ब्याकको फाइदा लिन सक्नेछन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित ६९ रुपैँयामा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैँया क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँनेछन् । त्यसैगरि ग्राहकले कर सहित २६९ रुपैँयामा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैँयाको क्यास ब्याक पाउनेछन् ।

त्यस्तै, ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित ५९९ रुपैँयामा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैँया बोनस क्यास ब्याक पाउने एनसेलले जनाएको छ ।

कम्यपनीका अनुसार यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्ने छन् । ग्राहकले *१७१२३# डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् ।