सात जिल्लाका जेष्ठ नागरिकलाई प्राधिकरणले सुचना, सञ्चार तथा प्रविधि तालिम दिने


काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सात प्रदेशमा सात जिल्लाका वृद्ध वृद्धालाई सुचना, सञ्चार तथा प्रविधि तालिम दिने भएको छ । मंगलबार विश्व दुरसञ्चार सुचना समाज दिवसको अवसरमा भएको कार्यक्रममा प्राधिकरणका निर्देशक दिपेश आचार्यले यो वर्षको कार्यक्रम वृद्धवृद्धालाई केन्द्रित गरेर कार्यक्रम गर्ने बताएका छन् ।

यो वर्ष अन्तर्राष्ट्रिय दुसञ्चार युनियन (आइटियू)ले वृद्ध व्यक्ति र स्वस्थ उमेरका लागि डिजिटल प्रविधि भन्ने नारा लिएको छ । आइटियूले यो वर्ष वृद्ध वृद्धाको लागि प्रविधिको नारा लिए पनि आफूहरुले पहिलेदेखि नै यस्ता कार्य गर्न लागेको आचार्यले बताए ।
प्रविधि प्रयोग गर्न सक्षम बनाउनको लागि तालिम दिन लागेको उनले बताएका छन् ।

यो कार्यक्रमले युवा र जेष्ठ नागरिकको डिजिटल अन्तर कम गर्ने अपेक्षा प्राधिकरणले लिएको छ । यस कार्यक्रमले आर्थिक वृद्धि हुने अपेक्षा पनि लिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले डिजिटलको कुरा शहरी क्षेत्रमा मात्र सिमित भएकोले यसलाई ग्रामिण क्षेत्रमा समेत पुर्याउने तयारी गर्नुपर्ने बताएका छन् ।

प्राधिकरणले भुगोल अनुसार र निजी क्षेत्रसँग सहकार्य गरेर कार्यक्रम गर्ने जनाएको छ ।