काठमाडौं । अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउन सम्झौता भएको छ ।
सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वरको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारको बीमा निती अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामिण स्तरसम्म पुर्याउन र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बीमा क्षेत्रको विकास र विस्तार गर्न उक्त सम्झौता गरेको खत्रीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्