काठमाडौं । मनसुनले साथ नदिंदा राेपाइा प्रभावित बनेकाे छ । पानी नपर्दा मधेश प्रदेशका किसान सबैभन्दा बढी मारमा परेका छन् भने असार अन्तिमसम्म गत वर्षकाे तुलनामा ८ प्रतिशत कम राेपाइँ भएकाे छ ।
कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको यस वर्षको धान रोपाइँको तथ्यांक अनुसार असार ३२ सम्ममा ६८ प्रतिशत रोपाइ सम्पन्न भएकाे छ । असार २८ गतेसम्म ६० प्रतिशत धान रोपाइ सम्पन्न भएको थियाे । गत वर्ष असार ३१ सम्म ७६ प्रतिशत रोपाइँ भएको मन्त्रालयकाे तथ्यांक छ।
याे वर्ष गत वर्षको तुलनामा करिब ८ प्रतिशत कम रोपाइँ सम्पन्न भएकाे छ । तथ्यांक अनुसार प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण राेपाइँ कम भएकाे मन्त्रालयकाे भनाइ छ ।
मनसुन शुरु हुनासाथ श्रावण १०-१५ सम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने भएकोले विगत वर्षहरुकै हाराहारीमा रोपाइँ हुने मन्त्रालयलेको प्रारम्भिक अनुमान रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जनाए ।
मन्त्रालयका अनुसार असार २८ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३९ प्रतिशत रोपाइँ भएको छ ।
सिंचित क्षेत्रमा झिनाे वृद्धि
राष्ट्र बैंकको सार्वजनिक गरेको तथ्याकं अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो छ महिनामा कुल सिञ्चित क्षेत्रफलमा १.६ प्रतिशतले बृद्धि भएको छ । सो अवधिमा कुल खेती गरिएको भू–भागमध्ये ४१.६ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । देशको कुल खेतीयोग्य क्षेत्रफलमा प्रदेश नं. १ को हिस्सा सबैभन्दा बढी २२.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्