कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न सेबोनबाट अनुमति


काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले कुमारी बैंकलाई ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। १० वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले ११ प्रतिशत ब्याज पाउनेछन्।