बेबील्याण्ड ईन्टरनेशनलकाे ‘दशैं शपिङ्ग कारनिभल–२०७९’ योजना


काठमाडौं । बेबील्याण्ड ईन्टरनेशनलले दशैं शपिङ्ग कारनिभल २०७९ योजना ल्याएको छ ।

बच्चाको हरेक प्रकारका सामानहरू उपलब्ध हुने ‘बेबील्याण्ड’ले दशैं शपिङ्ग कारनिभल २०७९, “बेबील्याण्ड जाऔं हिरो स्कुटर ल्याऔं” योजना अघि सारेको हो ।

योजना अन्तर्गत पहिलो पुरस्कार हिरो स्कुटर, दोस्रो उपहार ४३ इन्चको टिभी,तेस्रो पुरस्कार माइक्रोवेभ ओभन र सान्वना पुरस्कार स्वरुप २ हजारको सपिङ्ग भौचर २० जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

कात्र्तिक ५ गते धनतेरसको दिनसम्म विषेश अफर स्वरुप रु. २०,००० को शपिङ्गमा १० ग्रामको चांदीको सिक्का उपहार प्रदान गरिने छ । २०७९ साल भाद्र १५ गते देखि कातिक १४ गतेसम्म सञ्चालन हुने यस योजनामा सहभागि हुन ग्राहकले रु.१००० भन्दा
माथीको शपिङ्गमा एक वटा कुपन प्रदान गरिनेछ । योजनाको नतिजा छठ पर्वपछि कार्तिक १५ गते मंगलवारका दिन न्यूरोड स्टोरमा गोलाप्रथाद्धारा सार्वजनिक रुपमा प्रकाशन गरिने कम्पनीको भनाई छ ।

योजना अवधिभर ग्राहकलाई लुगा जुत्ता खेलौना लगायतका सामानहरूमा १२ प्रतिशत छुटको अफर दिइएको छ । साथै बेबील्याण्डले बिहान ९ बजे देखि ११ बजेसम्मको समयमा बेबी केयरका सामान खरीद गरेमा ५ प्रतिशत छुट प्रदान गर्ने गरी ‘ह्याप्पी आवर’ सञ्चालन गरिरहेको छ ।

पोखरामा सन् १९९४ मा स्थापना भएको बेबील्याण्ड हाल चिप्लेढुंगा तथा न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमांडौंमा सञ्चलनमा रहेको छ ।