व्यावसायिक नेतृत्वलाई ‘लिडरसिप’ कक्षा


काठमाडौं । लिडरसिप एकेडेमी नेपाल (ल्यान) ले जोन्स ग्य्राजुएट स्कुल अफ बिजनेस, राइस युनिभर्सिटी, ह्युस्टन, अमेरिकाको सहकार्यमा नेपाली व्यवसायी नेताहरूका लागि ‘एडभान्स लिडरसिप’ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली बैंकिङ उद्योग र अन्य क्षेत्रका व्यावसायिक नेतृत्वकर्ताहरू सहभागीहरू थिए ।
कार्यक्रममा राइस युनिभर्सिटीका प्राध्यपकहरू(डीन सहित) ले नेतृत्व विकासमा उदाउँदा अवसरहरूबाट प्रस्तुति दिएका थिए ।
राइस युनिभर्सिटी भर्खरै अमेरिकाका शीर्ष १५ विश्वविद्यालयहरू (यूएस न्यूज एन्ड वल्र्ड रिपोर्ट) र उद्यमशीलतामा एमबीए (प्रिन्सटन रिभ्यू) मा पहिलो स्थानमा परेको थियो ।
यस क्षमता विकास कार्यक्रमको उद्देश्य महामारी पछिको संगठनमा व्यावसायिक नेताहरूले सामना गर्ने चुनौतीहरू र त्यसबाट लाभ आर्जना गर्ने अवसरहरूको खोजी गर्नु रहेको आयोजकले बताएको छ ।
राइस युनिभर्सिटीका एक्जुकेटिभ शिक्षाका एसोसिएट डीन माइकल कोएनिगले कसरी राइस विश्वविद्यालय र ल्यानले व्यापार समुदायका नेताहरूलाई यस्ता विश्वव्यापी चुनौतीहरूबीच साझेदारीसहित काम गर्न सकिन्छ भन्ने प्रकास पारेका थिए ।