रक्तदान देखि वित्तीय साक्षरता सम्मका कार्यक्रम गरेर अभियान लघुवित्तले मनायो तेस्रो वार्षिकोत्सव


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरेर आफ्नो तेस्राे वार्षिकोत्सव मनाएको छ ।

पनौती, ४ ,काभ्रेमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्तले पनौती बसपार्क वृहत रक्तदान कार्यक्रम गरेको छ ।

त्यस्तै संस्थाको विभिन्न शाखा कार्यालयमा समेत बार्षिकोत्सवको अवसरमा रक्तदान बृक्षारोपण, वित्तीय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष बाबुराम थापाले संस्थाको स्थापना लगतै कोभिडका कारणले अर्थतन्त्र अस्त व्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव लगायत कठिन आर्थिक सामाजिक परिस्थितिमा निष्ठापूर्वंक काम गर्ने कर्मचारी र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

राष्टिय स्तरको अभियान लघुवित्तले ७ वटै प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८००० सदस्यलाई सेवा प्रदान गदै आएको छ । संस्थाको चुक्ता पुँजी रु. २५ करोड रहेको छ ।

का.मु. प्रमुख कार्यकारी अधिकृत अधिकारीले संस्थाको सेवा तथा सुविधालाई अझ सुदृढ बनाँउदै लैजान प्रतिबद्धता व्यक्त गरेका छन् ।