बिहीबार नेप्से परिसूचक स्थिर रहँदा कारोबार रकम एक अर्ब नाघ्यो


काठमाडौं । हिजो सामान्य अंकले घटेको सेयरबजार आज पनि झिनो अंकले घटेर कारोबार बन्दा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयरमापक सूचक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ अंकमा झरेको छ ।

त्यस्तै नेप्से सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले बढेर ३६७.०६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयर घटेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थानमा भएको छ ।कम्पनीको १४ करोड ९९ लाख ५० हजार ३ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन आँधीखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७० प्रतिशतले घटेको छ ।

कुल २४७ कम्पनीको ३१ लाख ११ हजार ८ सय ३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९ सय २१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।