युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा बोनस सेयर कति ?


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हिजो पुस १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।