लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

पुस १३ गते, बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।