नेपाल बैंकर्स संघको अध्यक्षमा केसी


काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बुधबार भएको विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्याय अध्यक्ष रहँदा केसी संघमा उपाध्यक्ष रहेका थिए । केसीले कृषि विकास बैंकबाट उपाध्यय बाहिरिएसँगै पुस ७ गतेदेखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी केसीले सम्हाल्दै आएका छन् ।

उपाध्यायले कृषि विकास बैंकबाट हटेपछि अध्यक्षको जिम्मेवारी केसीले सम्हाल्दै आएका थिए । विधान अनुसार प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जानेछ ।