५० हजार विरुवा रोपेर एम भि दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ले मनाए जन्म दिन


काठमाडौं । एम.भी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगडले ५० हजार विरुवा रोपेर आफ्नो ७६ औं जन्म दिन मनाएका छन् ।

७५ औं जन्मदिनको अवसरमा अध्यक्ष दुगड़ले विभिन्न प्रजातिका ५० हजार विरुवा रोप्ने प्रतिबद्धता जनाएका थिए ।

सोही प्रतिबद्धता अनुसार दुगडले ७६ औं जन्मदिवसको अवसरमा ५० हजार विरुवा रोपेका हुन् । दुगड़ समूहका सम्पूर्ण कर्मचारीहरू वृक्षारोपणमा सहभागि भएका थिए ।

दुगड़ ग्रुपकाे हाइड्रोपावर तथा प्रशारण लाईन रहेका रामेछाप तथा सोलुखुम्बु जिल्ला अन्तर्गतका विभिन्न सामुदायिक वनमा आधिकारिक रुपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रीय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा करिब ५०,०००।– (पचास हजार) बोट विरुवा वृक्षारोपण कार्य सम्पन्न गरिएको जनसम्पर्क प्रमुख विमला थापाले जानकारी दिइन् ।

कार्यक्रममा हाइड्रोपावर क्षेत्रका स्थानीय वासिन्दालाई करिव ३००/– विभिन्न फलफुल प्रजातिका बिरुवाहरु निःशुल्क रुपमा समेत वितरण गरिएको थियो ।

लिखु – ए परियोजना अवलोकन गर्ने गरि पर्यटक र बटुवाहरूलाई बिश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाँउमा गोल राम्रा ३ सेडहरु र लिखु – २ को बाँध र लिखु – १ को पावर हाउस अवलोकन हुने गरि सेल्फी डाँडामा पर्यटक र बटुवाहरूको बिश्राम स्थल निर्माण गरिएको छ । भँडार अस्पतालमा आधुनिक एक्स रे मेसिन उपलब्ध गराइएको छ ।

अटो डिभिजन अन्तर्गत नेपाल भरिका विभिन्न स्थानहरुमा कर्मचारीद्धारा वृक्षारोपण गरिएको विभिन्न प्रजातिका बोट विरुवाहरूको स्याहार, सम्भार तथा उचित हेरचाह सहितको प्रतिवेदन तयार गरिएको थापाले जानकारी दिइन् ।

काठामाडौंको बालाजुमा अवस्थित औद्योगिक क्षेत्र परिसरमा गत वर्ष रोपिएका १६० वटा बोट विरुवा, केदारनाथको शिर डोलेश्वर महादेव भक्तपुरमा रोपिएका ५५ वटा र बाँकी देशका बिभिन्न शाखाहरुमा २८५१ वटा गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल संख्या ३०६६ वटा बोट विरुवाको वृक्षारोपण गरिएको छ ।

त्यसको पुनरावलोकन सहित उचित मल, जल, स्याहार, सम्भारको कार्य सम्पन्न गरिएको जानकारी समूहले जनाएको छ । पुनः अर्को वर्ष अर्थात् ७७ औं जन्म उत्सवको अवसरमा फेरि पनि थप ५०,००० (पचास हजार) बोट विरुवाहरुको वृक्षारोपण गर्ने लक्ष्य निधारित गरिएको कम्पनीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा गर्ने लक्ष्यका साथ पहिले लगाइएका विरुवाहरूको सम्बर्धन गरिने र हाइड्रोपावरमा उपलब्ध जग्गााहरुको सदुपयोग गर्दै फलफुलका १,००० बिरुवा लगाउने लक्ष्य लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।