डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ् गर्न पाउने


काठमाडाैं । डिजी पे प्रा.लि. र द्दज्ञकत टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ ।

डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ट्वान्टी फष््ट टेक प्रा.लि.सँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

सहकार्य अन्तर्गत डिजी पेको योजनामा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरूले डिजिटल मार्केटिङ्द्वारा आफ्नो बजार विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ ।

ट्वान्टी फष्ट टेक प्रा लि को सौजन्य रु. ३०,००० पर्ने प्रिमियम प्याकेज मात्र रु. १५,००० मा गर्न सकिने,वेबसाइट तथा एप तथा अन्य विभिन्न सेवाहरू आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५०% सम्मको छुटमा बनाउन सकिने सम्झौतामा उल्लेख छ ।

ट्वान्टी फष्ट् टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायिलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने छ ।

डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले ट्वान्टी फष्ट टेक प्रा.लि. जस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिङ् क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए ।