जहाज दुर्घटनामा दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दुख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

उनले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई यसअघि नै निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन्।