स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्री गिरीको प्रतिवद्वता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बिमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताएका छन् ।

पदभार ग्रहणपछि कुरा गर्दै मन्त्री गिरीले सबै नागरिकहरूलाई स्वास्थ्य बिमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताए । नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या रहेको र गरिब जनताको पहुँचभन्दा बाहिर भएको मन्त्री गिरीको भनाई थियो ।

उनले भने,“उपचार नपाएर मर्नुपर्ने स्थिति छ । स्वास्थ्य बिमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ती समस्याहरू पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जानुपर्छ ।”

उनले सबै नागरिकहरूलाई स्वास्थ्य बिमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाए ।