ग्लोबल आईएमई लघुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ ७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।