डिजी पे प्रा.लि र द नेपाल टपबिच सहकार्य गर्ने सम्झौता


काठमाडौं । डिजी पे प्रा.लि र द नेपाल टपबिच सहकार्य गर्ने सम्झौता भएको छ ।

डिजी पेमा आबद्द व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउने छन् ।

डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत काठमाडौंबाट प्रकाशित दैनिक पत्रिका द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टप को सौजन्य झन्डै रु. ५०,००० पर्ने ६० सी सी रंगिन बिज्ञापन मात्र रु १५,०००
मा, रु १,५०० पर्ने बार्षिक ग्राहक मात्र रु १,००० मा र वर्गीकृत तथा अन्य बिज्ञापनमा ७०%
सम्म छुट पाउन सक्नेछन् ।

द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलका अनुसार, बिज्ञापन कुनै पनि व्यवसायीको लागि आफ्नो बजार बिस्तार गर्ने एक महत्वपूर्ण अंग हो ।

डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी, घरदैलो र ग्राहकलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत संचार क्षेत्रबाट राष्ट्रिय दैनिकलाई
पनि आबद्ध गर्नु ठुलो उपलब्धि हो ।