‘उद्योगी व्यवसायीहरुको समस्या नियमनकारी निकायले समयमै सम्बोधन गर्नुपर्छ’


काठमाडौं । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरुको गुनासो र समस्यालाई गम्भिरतापूर्वक सुनेर नियमनकारी निकायले समयमै सम्वोधन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

इलामका व्यवसायी प्रेम प्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले उद्योगी÷व्यवसायीले भोग्दै आएको पिडालाई उजागर गरेकाले यस्ता घटना आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले समयमै सम्वोधन गर्नुपर्ने आवश्यकता औल्याएको हो ।

देश मै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद आत्मदाहले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याईरहेको उल्लेख गरेको छ ।

काम गरेर खान पाउने र स्वतन्त्रतापूर्वक बाच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि संगठनले अपिल गरेको छ ।