‘नेपालमै छन् १४ ओटा ८ हजार मिटरभन्दा अग्ला हिमाल’


काठमाडौं । पर्यटन व्यवसायी आङ्छिरिङ् शेर्पाले नेपालमै ८ हजार मिटरभन्दा अग्ला हिमाल रहेको बताएका छन् । पर्यटन पत्रकार संघ नेपालले आयोजना गरेको नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका हिमालको अवस्था र हिमाली वातावरणमा परेको असर बारे अन्तक्रिया कार्यक्रममा शेर्पाले १४ ओटा ८ हजार मिटरभभन्दा अग्ला हिमाल रहेको तर त्यसले अन्तर्राष्ट्रिय मान्यता नपाएको बताएका हुन् ।

“नेपालमै १४ ओटा ८ हजारभन्दा अग्ला हिमाल रहेका छन् । त्यसमध्ये १३ ओटा हिमालको सफल आरोहण भइसकेको छ । नेपालका ८ ओटा हिमालले मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको छ,” उनले भने, “अब अन्य ६ ओटा ८ हजारमाथिका हिमालको अन्तर्राष्ट्रिय मान्यता पाउन सरकारले पहल गर्नुपर्छ । यस विषयलाई पाठ्यक्रममा पनि राख्नुपर्छ ।”

उनले सरकारले पनि यो विषय उठाउन नसकेको बताए । सरकारले पहल गरे थप ६ हिमालले ८ हजारभन्दा अग्ला हिमालको मान्यता पाउने उनले बताए ।