वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६४.६ प्रतिशतले वृद्धि


काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भएको छ । संस्थागत तथा व्यक्तिगत–नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिनेको संख्या २ लाख ७५ हजार ६४३ पुगेको छ हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।