राष्ट्र बैंकले नीतिगतदर घटायो


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै नीतिगतदर घटाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंकदरमा दैनिक तरलता सुविधा उपलब्ध गराउँदै आएको थियो ।

मौद्रिक नीति अर्ध वार्षिक समिक्षामा भनिएको छ,”बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।”