अभियान लघुवित्तद्वारा गौरीगंगा क्षेत्रका महिलालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान


कैलाली । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामिण भेगका महिलालाई सीप विकासतथा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

लघुवित्त कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को आमबगियाका महिलालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको हो । वडा नम्बर २ को बेताल आधाभुत विद्यालय प्राङ्गढमा शुक्रबार गौरीगंगा नगरपालिका आमबगियाका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको हो।

अभियान लघुवित्तको चौमाला शाखाको आयोजनामा सोमबार ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको लघुवित्तले जानकारी दिएको छ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौमला द्वारा वित्तिय साक्षरता तालिममा भुरीगाँउ अनुगमन कार्यालय प्रमुख प्रमुख मधु सुदन निरौला तथा शाखा प्रमुख अन्तरा आचार्यले वित्तीय साक्षरताका बारेमा स्थानीय सदस्य महिलाहरूलाई प्रशिक्षण दिएका थिए ।

तालिममा अनुगमन प्रमुख निरौलाले लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, लघुवित्त सस्थाले उपलब्ध गराउने धितो तथा बिनाधितो कर्जाको प्रक्रिया, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम मा त्यस क्षेत्रका करिव ४० जना महिला दिदीबहिनी साथै अभिभावकको सहभागिता रहेको थियो ।