आइएमई पे र चन्द्रागिरि हिल्सबिच सम्झौता,प्रणय दिवसको ‘फील द एअर अफर’


काठमाडौँ । आइएमई पे र चन्द्रागिरि हिल्सले ‘फील द एयर’ नामक अफर सार्वजनिक गरेका छन् ।

अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटे चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट प्राप्त गर्नेछन् ।

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक दिन १ विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन् । वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र उक्त टिकट मान्य हुनेछ ।

साथै, यी दुई कम्पनीबिच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ ।

माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् ।

सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।