ताजा तरकारी कूल आवश्यकताको २.२५ प्रतिशत आयातको हिस्सा


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनामा ४१ लाख ५३ हजार मेट्रिक टन तरकारी उत्पादन भएको जनाएको छ ।

चालू आवको अर्ध वार्षिक समिक्षामा ४२ लाख ४९ हजार मेट्रिक टन ताजा तरकारी आवश्यकता रहेको जनाइएको छ । जसमध्ये ४१ लाख ५३ हजार मेट्रिक टन तरकारी नेपालमा नै उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा ९५ हजार मेट्रिक टन मात्र ताजा तरकारी आयात भएको मन्त्रालयले उल्लेख गरेको छ ।

ताजा तरकारी कूल आवश्यकतामा आयातको हिस्सा २.२५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।