गुण एयरलाइन्सको विमानहरु रोक्ने सरकारको निर्णय


काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुण एयरलाइन्सका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाउने नेपाल नागरिक उठ्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कर्मचारीलाई तलब दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै विमानहरुलाई उड्न नदिने निर्णय गरेको हो।

‘तलब नपाएका कर्मचारीले राम्रोसँग काम नगर्न सक्छन्, तलब समेत नपाएको मनोविज्ञान रहेको अवस्थामा हवाई सुरक्षामा जोखिम बढी त्यसैले अहिलेलाई उडान गर्न नदिने निर्णय गरेका हौं प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।