उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेद्वारा उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फ सदस्य पदमा शिवप्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

एल पि ग्यास उद्योग स‌ंघले घिमिरेलाई महासंघको आसन्न चुनावमा सदस्य पदमा उठाउने घोषणा गरेको हो ।

संघको माघ २२ गतेको बैठकले नै घिमिरेलाई सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । घिमिरे संघको पूर्व अध्यक्ष हुन् ।

घिमिरे लामो समयदेखि पेट्रोलियम,एलपी ग्याँस,उर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेका छन् ।

संघका महासचिव कृष्णभक्त श्रेष्ठले विज्ञप्ति जारी गर्दै घिमिरेलाई विजयी गराउन सम्पूर्ण उद्योगी, व्यवसायी र वस्तुगत संघका अध्यक्षलाई अपिल गरेका छन् ।