चितवन मनकामना अस्पतालको सीईओमा दिलिप घिमिरे


काठमाडौँ । चितवन भरतपुरमा रहेको मनकामना अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा दिलिप घिमिरे नियुक्त भएका छन् ।

पूर्व बैंकर घिमिरे चैत १२ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

यसअघि घिमिरे सोही अस्पतालको सञ्चालक समिति सदस्य समेत थिए । घिमिरेले १५ वर्ष बैंकिङ् क्षेत्रमा विताएका थिए । १ सय शैयाको मनकामना अस्पताल २०६३ सालदेखि सञ्चालनमा आएको थियो ।

२०७३ देखि आफ्नै जग्गासहितको भवनमा अस्पताल सञ्चालनमा छ ।