सम्पतिको मुल्याङ्कन गर्दा मापदण्ड पुरा गरेर मात्रै प्रतिवेदन पेश गर्न नेपाल भ्यालुयर्स एसोसिएसनको आग्रह


काठमाडौँ । नेपाल भ्यासयर्स एसोसिएसनले सम्पतिको मुल्याङ्कन गर्दा मापदण्ड पुरा गरेर मात्रै प्रतिवेदन पेश गर्न आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।

कार्यबाहक अध्यक्ष लक्ष्मण बाबु सेढाइले विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा लिएको कुनै पनि प्रकारको सम्पत्ति पुन मुल्याङ्कन गर्दा सम्पूर्ण कामजात लिई मापदण्ड पुरा गरी मात्र प्रतिवेदन पेश गर्न आग्रह गरेका हुन् ।

देशको वर्तमान आर्थिक परिदृश्य र त्यसबाट बैंक तथा वित्तीय संस्थामा परिरहेको असरले मुल्याङ्कनकर्ता इन्जिनियरहरूलाई समेत केही अफ्ठेरो परिरहेको भन्दै एसोसिएसनले यस्तो आग्रह गरेको हो ।

एसोसिएसनले शैक्षिक कर्जा लगायत जुनसकुै प्रयोजनको लागि मुल्याङ्कन प्रतिवेदन तयार गर्दा तोकिएको मापदण्ड पुरा गरी मात्र पेश गर्नु समेत आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध कागजातका आधारमा मात्र गर्न प्रतिवेदन पेश गर्न पनि एसोसिएसनले भनेको छ ।

Skip This