कामना सेवा विकास बैंक र मनकामना अस्पतालबिच सम्झौता,बैंकका कर्मचारी र ग्राहकले सेवामा छुट पाउने


काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबिच मर्चेन्ट सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण सरोकावालाहरूले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट पाउनेछन् ।

अस्पतालको ओपीडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सिटी स्क्यान, आईसीयू, लगायत एनआईसीयू, एचडीयु÷नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरूमा बैंकका कर्मचारीहरूले २०% सम्मको र बैंकका ग्राहकहरूले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सरोकारवालाहरूले विशेष लाभ लिने बैंकको विश्वास छ ।