हरि बुढामगर कीर्तिमानी आरोहण पछि काठमाडौँमा, शुभेच्छुककाे भव्य स्वागत(फोटाफिचर)


काठमाडौँ । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका कीर्तिमानी आरोही तथा भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथाको कीर्तिमानी आरोहण गरि काठमाडौँ फर्किएका छन् ।

सगरमाथा वेसक्यापबाट काठमाडौँ ओर्लीएका उनलाई विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका छन् । स्वागतका लागि उनका समर्थक, आफन्त, शुभेच्छुक, मगर संघ लगायतका दर्जनौ टोली विमानस्थलमा बाजा र झाँकीसहित खाता, माला पहिराएर भव्य स्वागत गरेका छन् ।

जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हरिबहादुरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी९घुँडा माथिबाट दुवै अंगविच्छेदन०’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

सगरमाथाको सफल आरोहण गर्नुपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।