आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट


काठमाडौँ । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

आइएमई पे ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागु हुने जनाइएको छ ।

केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।