२ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन


काठमाडौँ । सरकारले ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) प्रिन्ट गरेको छ। यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ स्मार्ट कार्ड प्रिन्ट गरेको हो । त्यस्तै गत असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो ।

चालु आर्थिक वर्ष २०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीमा सो प्रणाली लागू भएको छ।

सरकारले २ लाख ५७ हजार ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ। यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म उत्पादितमध्ये ५१ हजार थप जडान भएका हुन्।

असारसम्ममा चार स्थानबाट ईम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण गर्ने कार्य सुरू भएको छ।

२०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो।