एसियन लाइफमा सिइओ श्रेष्ठसँगै स्वतन्त्र सञ्चालक कार्कीको पनि राजीनामा


काठमाडौँ । एसिएन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।

व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै सञ्चालक कार्कीले राजीनामा दिएका हुन् । सञ्चालक समितिको २९औँ बैठकले २०८३ असोज १० गतेबाट लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश लाल श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् ।

कम्पनी सञ्चालक समितिको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो । सिइओ श्रेष्ठको राजीनामा पनि २०८३ कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।