आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका


काठमाडौँ । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिनासम्म चल्ने कम्पनीले जनाएको छ।

सो अफरमा ग्राहकले आइएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । कम्पनीका अनुसार यो खेल ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्।

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।