रिलाइन्स फाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । रिलायन्स फाइनान्सले लाभाशं दिने घोाषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ६.५० लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।